२०८१ बैशाख ५ गते बुधवार

तुलसीपुरमा तीन मोटरसाइकल दुर्घटनामा तीन जना घाईते


दाङ, २० माघ । दाङको तुलसीपुरमा तीन मोटरसाइकल दुर्घटनामा तीन जना घाईते भएका छन् । घाइते हुनेमा दंगिशरण ७ बाँकाका १७ वर्षिय रमित केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर-८ अश्वारस्थित रगैचाबाट तुलसीपुर आउदै गरेको रा ६ प ११९४ नम्बरको मोटरसाइकल आफै अनियंत्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

केसीेको दुबै हात र खुट्टामा चोट लागेको मल्लले बताउनुभयो । केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

यस्तै आजै शनिबार तुलसीपुर ६ भ्याली भ्यु होटेल अगाडी ज्ञानज्योती स्कुलबाट आउदै गरेको रा ५ प ३५१७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेकोे रा १ प १६२० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रा ५ प ३५१७ नम्बरका मोटरसाइकल चालक तुलसीपुर ६ बरुवा गाउँका १६ वर्षीय विश्वास रणपाल र रा १ प १६२० नंम्बरका मोटरसाइकल चालक सोही ठाँउका १६ वर्षीय सन्तोष बिक रहेको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयो ।

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस