२०८१ माघ ९ गते बुधवार

दाङ र सल्यानका यि ठाउँमा सात घण्टा विद्युत नआउने

दाङ,२० माघ ।
दाङको तुलसीपुर र सल्यानको कपुरकोट क्षेत्रमा दुई दिन विद्युत लाइन कटौति गरिने भएको छ ।

तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने ३३ केभी र ११ केभी सब स्टेशनमा रहेका पुराना केभी ब्रेकर हटाइ नयाँ ब्रेकर परिवर्तन गर्नुपर्ने भएकाले लाइन कटौती गर्न लागेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार आज र भोलि बिहान १० बजे देखि साँझ ५ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

तुलसीपुर क्षेत्र अन्तरगत पर्ने एयरपोर्ट र कृष्ण मन्दिर फिडरका सबै स्थानमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन अवरुद्ध हुने भएको छ ।

यस्तै मानपुर, बिजौरी, फुलबारी र सल्यानको कपुरकोट क्षेत्रको फिडर अन्तरगतका सम्पुर्ण क्षेत्रमा भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्रमुख गोशेलीले बताउनुभयो ।

स्टेशनमा रहेका पुराना ११ केभीका ब्रेकर हटाएर नयाँ ब्रेकर राख्ने काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस