२०८१ बैशाख २३ गते आइतवार

माण्डु हाईड्रोपावरको नाफामा बढ्यो , ईपिएस रु २५

दाङ,१९ माघ ।

भर्खरै आईपिओ जारी गरेको माण्डु हाईड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको रिर्पोट सार्बजनिक गरेको छ । रिर्पोट अनुसार कम्पनिले दोस्रो त्रैमाससम्म १७ करोड ५ लाख रुपैया नाफा कमाएको छ । कम्पनिले विद्युत विक्रीबाट ४१ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट ४३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत वर्ष १५ करोड ७६ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १२ करोड ९ लाख रुपैयाँ मात्रै गरेको छ । यस वर्ष वित्तीय खर्च कम भएसँगै कम्पनीको खुद नाफामा बृद्घि देखिएको हो ।
नाफा संगै कम्पनिको प्रतिशेयर आम्दानी पनि २५ रुपैयाँ २ पैसा तथा प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७९ पैसा पुगेको छ ।
१ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियम शिर्षकमा १७ करोड ५ लाख रुपैयाँ र जगेडा कोषमा ३७ करोड १९ लाख रुपैयाँभन्दा सञ्चित रहेको छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस