दाङ, १९ माघ ।
मानव सेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानविय सेवालाई पैसासंग तुलना गर्न नहुने बताउनुभएको । संस्थापक अधिकारीले तुलसीपुर ४ र ७ को सिमाना हलवारमा निर्माण हुन लागेको भवनका लागि करोडौँ खर्चिन लागेकाले सबैलाई मानवीय हिसाबले स-प्रेम सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
‘भनिन्छ मानवताको कुनै घेरा हुदैन्, मानिसले गर्ने मानवीय धर्मलाई पैसासंग तुलना गरियो भने त्यो निरर्थक बन्छ ।’ उहाँले भन्नुभयो-‘जहाँ पैसा संग तुलना गरिन्छ त्यहाँ मानविय सेवा हुदैन ।’ उहाँले धेरै धन सम्पती भन्दा असल कर्म रोज्नु अति उत्तम हुने बताउनुभयो । कोही नहुने र केही नहुने , हँसाए हाँस्ने, रुवाए रुने , खुवाए खानेहरुको लागि दरिलो खम्बा बनेर संरक्षकत्व प्रदान गर्दै आउनु भएका अधिकारीले आफूलाई यही सेवामा समर्पित गरेको बताउनुभयो ।
‘खुल्ला आकाशलाई छानो बनाएर सडक पेटी र गल्लीहरूमा भोक भोकै रात बिताउने हरुको अवस्था नजिकबाट नियाल्यौ भने साच्चिकै कहाली लाग्दो अवस्था छ ।’ उहाँले भन्नुभयो-‘कोही घर परिवारको अपहेलनाबाट विरक्तियका छन् भने कोही आफ्नो अर्धाङ्गिनी को मृत्यु पश्चात डिप्रेसनको सिकार भएर अचेत जीवन बिताइरहेका छन् ।’
आङमा वस्त्र , खुट्टामा चप्पल केवल रित्तो भयर छाडा पशुचौपाया झैँ बनेको साक्षात् भगवान मानिने सडक आश्रितहरुको भवन बनाउनका लागि धेरै जिल्लाहरूमा सप्ताह ज्ञान विज्ञान महायज्ञ सम्पन्न भईसकेको प्रमुख कथावाचक भास्कर कमल नयन गौतमले जानकारी दिनुभयो ।
दाङको सुन्दर नगरी तुलसीपुरमा मानवताको मन्दिर निर्माणका लागि आफू नितान्त मानवीय सेवा भावले कथा वाचकको रूपमा आएको गौतमले बताउनुभयो ।
‘जो संग जे छ त्यही गरौं जति छ त्यति गरौं तर मानवताको प्रवर्धनको लागि केही न केही अवश्य गरौं गौतमले भन्नुभयो-‘यति मात्र होइन भवन निर्माणको गुरु योजनाको लागि लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्थामा मानवीय हिसाबले सप्रेम सहयोग गरेर आश्रमको उदेश्यले थप सहजता गराउने इन्जिनियर सजिव शाक्यको भुमिका महत्वपुणर् रहेको प्रमुख संस्थापक रामजी अधिकारीले बताउनुभयो ।