२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा आगो सल्कीदा एक महिलाको मृत्यु

दाङ,१९ माघ । तुलसीपुर खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

बिहिवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले खवर गरेका थिए । ईलाका प्रहरी तुलसीपुरबाट प्रहरी निरिक्षक नवराज केसीको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस