
दाङ ।
समयमा काम नसक्ने र गुणस्तरहीन काम गर्ने २२ वटा कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालय अन्तरगतको सार्जवनिक खरिद कार्यालयले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९ सय १० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो ।
सूचीमा समावेशमध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लाग कालोसूचीमा रहने भनिएको छ । ८ वटा कम्पनी १ वर्षका लागि कालोसूचीमा परेका छन् ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार