२०८१ चैत्र ६ गते बुधवार

समाजसेवी पौडेलले गरे, महायज्ञका लागि दाउरा सहयोग

तुलसीपुर, १३ माघ । मानव सेवा आश्रम तुलसीपुरको भवन निर्माणार्थ आज(शनिवार) देखि तुलसीपुरको अरनिको मैदानमा शुरु भएको महायज्ञमा दाउरा सहयोग गरिएको छ ।

तुलसीपुर-७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेललले महायज्ञमा हवन गर्न प्रयोग हुने दाउरा सहयोग गर्नुभएको हो ।

पहिलो दिन आफुले शुरुवात गरेकाले सबैलाई सक्दो सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

पौडेलले यसअघि तुलसीपुरका विभिन्न ठाँउमा पुगेर निशुल्क रुपमा माइकिङ मार्फत महायज्ञमा आमन्त्रणका लागि प्रचारप्रसार समेत गर्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ४ र ७ को सिमानामा रहेको कालीका मालीका मन्दिर परिसरको जग्गामा भवन निर्माणका लागि महायज्ञको आयोजना गरिएको छ । महायज्ञ आज (शनिवार) बाट शुरु भएर माघ २० गतेसम्म सञ्चालन हुन हुनेछ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस