२०८२ बैशाख ६ गते शनिवार

घरको छतबाट खसेर गम्भिर घाईते किशोरीको मृत्यु

तुलसीपुर, १३ माघ । तुलसीपुरमा घरको छतबाट खसेर गम्भिर घाइते भएकी एक किशोरीको मृत्यु भएको छ । छतबाट खसेर गम्भिर घाइते भएकी तुलसीपुर-५ रानिजरुवाका १८ वर्षिया कल्पना केसीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शुक्रवार बेलुका पौने ७ बजेको समयमा आफ्नै घरको एक तलाको छतबाट खस्दा गम्भिर घाइते केसीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि कोहोलपुर मेडिकल कलेजमा रेफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । मृतक केसीको शव कोहोलपुर मेडिकल कलेजमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस