२०८१ माघ १ गते मङ्गलवार

घरको छतबाट खसेर तुलसीपुरमा एक किशोरी गम्भीर घाइते


तुलसीपुर, १३ माघ । तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा तुलसीपुर-५ रानिजरुवा निवासी १७ वर्षिया कमला केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरका अन्य सदस्यहरु भित्र रहेको अवस्थामा शुक्रवार बेलुका पौने ७ बजेको समयमा घरको छतबाट खसेर केसी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते किशोरीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस