२०८१ बैशाख ११ गते मङ्गलवार

विदेश जाने लोभमा पारिवारिक दवावमा दोस्रो बिहे गरेका सरोज पक्राउ


दाङ, ७ माघ । दाङमा बहुविवाह गरेकोमा एक जना पक्राउ परेका छन् । प्रहरीले घोराहीका सरोज पौडेललाई बहुबिवाहको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलललाई मिसिल तयार गरेर आज अदालत बुझाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

पौडेलका विरुद्ध जेठी पत्नीले उजुरी दिएपछि पक्राउ गरिएको हो । विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दवावमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पौडेलको जेठी पत्नीसंग राम्रो सम्बन्ध नभएपछि उनीहरु एकल रुपमा बस्दै आएको र पहिलो श्रीमतीसंग सम्बन्ध विच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी आफ्ना श्रीमान विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी हुन् ।-लाईभ दाङबाट साभार

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस