२०८१ माघ २ गते बुधवार

दाङमा रुखबाट लडेर एक महिलाको मृत्यु


दाङ, ७ माघ ।

दाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाकी ६५ वर्षिया शितली कुसारीको रुखबाट लडेर मृत्यु भएको हो ।

शनिबार बेलुकातिर स्याउला काट्न भनि जंगल गएकी शितली अवेरसम्म घर नआएपछि परिवार र छिमेकी जंगल खोज्न जाँदा घाईते अवस्थामा फेला पर्नुभएको थियो ।

उहाँको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको उहाँकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस