२०८१ बैशाख ५ गते बुधवार

लोकसेवामा नौ महिनाको अवधिमा ७ ठाउँमा नाम निकाल्न सफल रोल्पाकी २१ वर्षिय खुसी

मेहनत गरेपछि असफलता भन्ने कतै छैन भन्ने उदाहरण बन्नुभएको छ रोल्पाकी खुसी मगर । परिवर्तन गाउँपालिका वडा नम्बर ४ रोल्पाका २१ वर्षिय खुसीले वैशाखदेखि हालसम्म ९ महिनाको अवधिमा लोकसेवामा ७ पटक नाम निकाल्न सफल हुनुभएको छ ।

खुसीले बैशाखमा कर्णाली प्रदेश पाँचौं तह, जेठमा कर्णाली प्रदेशकै चौथो तह, त्यसपछि लुम्बिनी प्रदेशको पाँचौं तहमा र लुम्बिनीकै स्थानीय तह, पाचौंपटकमा सुदूरपश्चिममा पाँचौं तह, छैठौंपटक कोशीको चौथो तह र सातौंपटक संघमा नाम निकाल्नुभएको छ ।

हाल बर्दघाट नगरपालिका नवलपरासीमा मत्स्य प्राविधिक पदमा कार्यरत खुसीको संघतर्फको अन्तर्वार्ता बाँकी छ । सफल भए संघीय सरकारअन्तर्गत नै रहेर काम गर्ने खुसीको इच्छा छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस