तुलसीपुर, ३ माघ ।
दाङको तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालिद्वारा सञ्चालित सिएनटीप्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा २ दिने आधारभूत पत्रकारिता तालिम संचालन गरेको छ ।
वि.सं २०७९ माघ ४ गतेबाट सन्चालनमा आएको सिएनटी प्रेस डट कमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवनमा आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको हो ।
पत्रकारिता क्षेत्रमा नयाँ प्रवेश गरेका तथा गर्दै गरेका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।
लामो समय पत्रकारिता क्षेत्रमा अनुभव बटुलेका पत्रकारहरु दिपक बोहोरा , राकेश बस्नेत, यज्ञ बहादुर बुढा , सुमन केसी , जितसागर जिएम , बसन्त पौडेल,मदन बिकले तालिममा आफ्नो अनुभव सँगैको खोजी पत्रकारिता, समाचार लेखन , पत्रकार र पत्रकारिता विषय , छापा पत्रकारिता , रेडियो पत्रकारिता ,टेलिभिजन पत्रकारिता तथा अनलाइन पत्रकारिता लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
मंगलबार र बुधबार दुई दिनसम्म संचालित तालिममा राइजिङ टुगेदर मिडिया प्रालिका सन्चालक तथा सिएनटी प्रेसका प्रमुख/सम्पादक सागर सुबेदीले आधारभूत पत्रकारिता तालिमले नवप्रवेशि साथीहरुलाई पत्रकारिता क्षेत्रमा काम गर्न सहजता हुने बताउनुभयो । उहाँले पत्रकारिता फिल्डमा काम गर्न क्षमता अभिबृद्धि साथै हौसला बढाउन मद्दत गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
यससँगै भोली बिहिबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम गरी सिएनटी प्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवस मनाउदैछ ।