
दाङ, २८ पुस । पतन्जली योग समिति दाङको अभिभावकत्वमा सन्चालन हुन लागेको आचार्यकुलम दाङले योग दिवसको अबसरमा विविध कार्यक्रम गरेको छ । कुलमले गोलौरीमा विभिन्न कार्यक्रम गरेको हो ।
योग वैदिक सँस्कृत तथा आधुनिक शिक्षासंगै समेटेर योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देश्यले २०८१ देखि आधारभुत तहको विद्यालयल संचालन गर्न लागेको कुलमले जनाएको छ ।
त्यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डीका पूर्व परिक्षा नियन्त्रक निल प्रसाद सापकोटा, समाजसेवी उत्तम कुमार श्रेष्ठ, प्राध्यापक प्रेम शाह जिल्ला योग समितीका अध्यक्ष उदय बहादुर डाँगी लगाएतले नैतिक र आधुनिक शिक्षालाई संगै लैजान सकेपछि राष्ट्रप्रेमी नागरिक निर्माण गर्न सकिने बताउनुभयो ।
कर्यक्रममा दाङ जिल्लाभरका योग साधना केन्द्रस्तरिय हाजिरी जवाफ र योग साधक बिच कुर्सी दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा भुयारथान योग साधना केन्द्र प्रथम, हात्तिखौवा साधना केन्द्र दोस्रो, तेस्रो कस्यप साधना केन्द्र भएका थिए ।
यस्तै कुर्सी दौड प्रतियोगितामा अरनिको साधना केन्द्र प्रथम र भमके साधना केन्द्र दोस्रो र तेर्सो भुयाँरथान साधना केन्द्र भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको सहजीकरण टेक बहादुर खड्का र दिपक बस्यालले गर्नु भएको हो ।