२०८१ फाल्गुन १ गते बिहिवार

भालुबाङको राप्ती नदि पुलबाट बस खस्दा १२ जनाको मृत्यु


दाङ, २८ पुस । दाङमा गएराती बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङको राप्ती गाउँपालिका-१ मा नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १२ जनाको मृत्यु र २३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्वल सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमै बस पुलको दाँयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको थियो । दुर्घटनाको कारण थाहा हुन नसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस