२०८१ चैत्र ७ गते बिहिवार

तराईमा हुस्सु र कुहिरो : चिसोले जनजीवन प्रभावित

दाङ, २६ पुस । दाङ लगाएत देशभर चिसो बढेको छ । दाङमा केहिदिन देखि बिहानमा लगातार बाक्लो हुस्नु र कुहिरो लागिरहेको छ ।

दाङको न्यूनतम तापक्रम पनि घट्दै गएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार बिहिबार (आज) को न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।

मंगलबार दाङको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्रि सेल्सीयस मापन गरिएकोमा बुधबार (हिजो) ८ दशमलव २ डिग्री सेल्सीयस मापन गरिएको थियो ।

यस्तै तराई मधेसका जिल्लामा पनि केही दिनदेखि लगातार बाक्लो हुस्सु कुहिरो लागिरहेको छ । दिउँसोसम्मै हुुस्सु कुहिरो लागिरहँदा तराईका सबैजसोको ठाउँमा चिसो बढेको मौसम पूर्वामान् महाशाखाले जनाएको छ ।

दिनहुँ चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । कामका लागि घरबाहिर निस्कन पनि मुस्किल परेको छ । चिसोले वृद्धवृद्धा र बालबालिकालाई बढी असर गरेको छ । चिसोकै कारण तराइ मधेसका कतिपय विद्यालयमा बिदा दिइएको छ । तराईसँगै देशका अरु ठाउँमा पनि चिसो बढेको छ ।

आज पनि उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस