२०८१ बैशाख ५ गते बुधवार

सल्यानमा बँदेलको आक्रमणबाट एक बालक घाइते

सल्यान, २६ पुस । सल्यानमा जंगली बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । जंगली बँदेलको आक्रमणबाट सल्यानको सिद्धकुमाख गाउँपालिका-५ दहका प्रकाश विकका छोरा बर्ष ११ का मोहन विक घाइते हुनुभएको हो ।

घर नजिकै आफ्नै बारीमा बाख्रा चराउन गएको बेला उहाँलाई हिजो बुधबार साढे ४ बजेतिर जंगली बँदेलले आक्रमण गरेको थियो ।

बालक विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी प्रबक्ता प्रनि भवानी प्रसाद धमलाले बताउनुभयो ।

धमलाका अनुसार बालकको ढाड तथा दायाँ हातमा गहिरो चोट लागेको छ । अहिले बालकको सामान्य रहेको छ । जंगली बँदेलले केही दिन अघि पनि स्थानीय बर्ष १४ का सन्दिप विकलाई आक्रमण गरी घाइते बनाएको थियो ।

सल्यानमा पछिल्लो समय बँदेल बस्तीमा पसेर अन्नबालीमा क्षति पुर्‍याउनुका साथै मानिसमालाई पनि आक्रमण गर्न थालेको छ ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस