दाङ, २४ पुस । सिड संस्थाको साधारणसभा तथा समिक्षा गरिएको छ । संस्थाले सोमवार तुलसीपुरमा संस्थाको २२ औं वार्षिक साधारणसभा तथा समिक्षा कार्यक्रम गरेको हो ।
कार्यक्रममा उपस्थित विभिन्न छलफल समूहका सदस्यहरुले संस्थाले आफूहरुको व्यक्तित्व विकास तथा आर्थिक विकासमा ल्याएको परिवर्तन बताएका छन् ।
संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नगरप्रमुख खड्काले सीड संस्थाले समाजमा सकारात्मक परिवर्तनको भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभयो ।
संस्थाका सचिव देवेन्द्र चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, संस्थाका सदस्य भीमकान्त बस्याल, कार्यकारी निर्देशक भागीराम चौधरीलगायतले महिलालाई आत्मनिर्भरताको बाटामा लैजान संस्थाको भूमिका महत्वपूणर् रहेको बताउनुभयो।
कार्यक्रममा कार्यकारी निर्देशक चौधरीले संस्थामार्फत तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा २ सयबढी महिला समूह, विभिन्न विद्यालयमा बाल क्लब तथा समुदायहरुमा युवा क्लब गठन गरी आर्थिक र सामाजिक रुपमा सशक्त बनाउने अभियान चलिरहेका जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक उमेश खरेलले गर्नुभएको हो ।