२०८१ फाल्गुन १ गते बिहिवार

सञ्चारकर्मी जीएमले गरे, जन्मदिनमा बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

दाङ, २२ पुस । पत्रकार तथा साहित्यकार दिपक जीएमले शनिवार आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई जन्मदिनको अवसरमा विभिन्न सहयोग सामाग्री सहयोग गर्नुभएको हो ।

मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाई रहनु भएका जिएम दाङको घोराहीबाट सन्चालित राजमार्ग अनलाईन डटकमका प्रधान सम्पादक एवं गणतन्त्र राष्ट्रिय दैनिकका सह–सम्पादक समेत हुनुहुन्छ । पत्रकार तथा साहित्यकार जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थिलाई विगत लामो समयदेखी आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आउनु भएको छ ।

उहाँले बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागी यसपटक २० थान सिरकका खोल, २० थान सिरानीका खोल र ३० थान फ्रुटी सहयोग गर्नुभएको हो । जिएमले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो । प्रधानाध्यापक भण्डारीले सामाज सेवासँग आफुलाई जोडेर जन्मदिन मनाउनु निकै प्रशंसनिय कदम भएको भन्दै जन्मदिनको शुभकामना दिनुभएको हो ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस