२०८१ फाल्गुन १ गते बिहिवार

दाङमा बालविवाह गर्ने डाक्टरसहित दुई जना पक्राउ

तुलसीपुर, २० पुस । दाङमा बालविवाह गर्ने दुलाहसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले बालविवाह गर्ने दुलाह तुलसीपुर-८ कटकुईयाका २९ वर्षीय डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटालाई पक्राउ गरेको हो ।

डाक्टर केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबिच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीले विवाह गरिरहेकै अवस्थामा घरबाटै बिहिबार दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस