२०८१ बैशाख ५ गते बुधवार

धापासी जेसीज वर्ष २०२४ को अध्यक्षमा गौतम


दाङ, २० पुस । धापासी जेसीज वर्ष २०२४ को अध्यक्षमा प्रवल गौतम चयन हुनुभएको छ । गौतम १८ औ बाषिक साधारण सभा तथा शाखा अधिवेशनबाट सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनबाट गौतमको नेतृत्वमा ७ सदस्यीय शाखा कार्यसमिति चयन गरिएको हो । महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकारको चयन हुन बाँकी रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

धापासी जेसिजको कार्यकारी उपाध्यक्षमा अर्जुन गिरी र अनुता आचार्य चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सुहाना अधिकारी, आषिश शर्मा, बिपुल घिमिरे र पदम मगर सर्वसम्मत चयन हुनुभएको छ ।

नयाँ पदाधिकारीहरूको पदभार ग्रहण यही जनवरी २०२४ भित्र भव्य कार्यक्रमकाबीच गरिने बर्ष २०२३ का अध्यक्ष सुरज अधिकारीले बताउनुभयो ।

गौतम नेपाल क्रिकेट संध (क्यान) का राष्ट्रिय क्रिकेट टोलीका पूर्व ब्यवस्थापक तथा हाल क्रिकेट अफीसरको रुपमा आबद्ध हुनुहुन्छ । उहाँले संस्थागत विकास, सामाजिक सेवा, खेल तथा युवा उद्यमशीलता र लागूऔषध नियन्त्रणमा विशेष जोड दिने बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस