दाङ, १९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले बिहिबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको हो ।
वडाका जेष्ठ नागरिक ९७ वर्षिय रुपी देवी न्योपानेबाट न्यानो कपडा वितरण कार्यक्रमको सुरु गरिएको हो । वडामा बसोबास गर्ने ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिहरुलाई न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो ।
वडाको चालु आर्थिक वर्षको बजेट मार्फत वडाले ९७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
वडाले गतवर्ष तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा न्यानो कपडा वितरण गरेका थियो । यस वर्ष वडाले १ लाख बराबरको न्यानो कपडा ९७ जना जेष्ठ नागरिकहरुलाई वितरण गरेको छ भने वडासम्म आउन नसक्नेलाई घरमै पुगेर न्यानो कपडा वितरण गरेको जिसीले बताउनुभयो ।
अध्यक्ष जिसीले जेष्ठ नागरिकहरुको सम्मानको लागि वडा सरकार लागि परेको बताउनुभयो । आगामी दिनहरुमा जेष्ठ नागरिकहरुलाई पोषण युक्त खानेकुरामा ध्यान दिने बताउनुभयो । उहाँले वडाले स्वास्थ्यकर्मीहरुको सहयोगमा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँचमा पनि ध्यान दिएको बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण पनि गरिएको हो । पर्सेनी नगर स्वास्थ्य इकाइका इन्चार्ज बासुदेव चौधरीले जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्नुभएको हो । उहाँले धेरै जेष्ठ नागरिकहरुको उच्च रक्तचाप (विपि हाइ) रहेको पाइएको बताउनुभयो ।
वडामा अहिले ६० वर्ष माथिका करिब एक हजार तीन सय जेष्ठ नागरिकहरु रहेको वडाले जनाएको छ । वडाका लेखापाल उषा भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कर्मचारी सन्तोष केसीले गर्नुभएको हो ।