२०८१ माघ ८ गते मङ्गलवार

घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो हुने

दाङ, १७ पुस । दाङ चेम्बर अफ कमर्शको आयोजनामा घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो-२०८० हुने भएको छ ।

चेम्बरले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशस्तरीय एक्स्पो बारेमा जानकारी दिएको हो ।

आगामी माघ २५ गतेदेखि फागुनको ९ गतेसम्म घोराही उपमहानगरपालिका-१४ झिगौंरामा प्रदेशस्तरीय एक्स्पो संचालन गर्न थालिएको दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले जानकारी दिनुभयो ।

पछिल्लो समय आर्थिक गतिविधि चलायमान बनउँदै स्थानीय रुपमा उत्पादित कृषि,जडिबुटीलगायतका सामग्रीको बजारीकरणका लागि प्रदेशस्तरीय एक्स्पोको आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले एक्स्पोमा ५० बढी स्टलहरु जिल्लाको कृषि,जडिबढीलगायत स्थानीय उत्पादनको बजारीकरणका लागि निशुल्क रुपमा प्रदान गरिने जानकारी दिनुभयो ।

एक्स्पोबाट संकलित रकमले चेम्बरको आफ्नै भवन निर्माणमा लगाउने योजना समेत रहेको उहाँले बताउनुभयो ।

एक्स्पोमा जिल्लास्थित उद्योगी, व्यवसायीहरुलाई विशेष प्राथमिकता दिएर स्टलमा पनि विशेष छुट गरिएको उहाँको भनाई छ । एक्स्पो संचालन गर्ने विषयमा निणर्य भएको बताउँदै उहाँले अब विभिन्न विषयगत समिति गठन गरी कार्यविभाजन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस