
तुलसीपुर, १६ पुस । तुलसीपुरमा रक्तदान कार्यक्रम गरिएको छ । राप्ती अटो इन्जिनियरिङ एशोसिएसन अटोभिलेज निर्माण तथा व्यवस्थापन समितिले रक्तदान कार्यक्रम गरेको हो ।
अटोभिलेज निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष पदम पोखरेल जेठु कान्छुको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
तुलसीपुरमा बिरामीलाई रगतको अभाव देखिन थालेपछि रगतको सहजताका लागि रक्तदान कार्यक्रम गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । रक्तदान सबैभन्दा ठुलो मानविय धर्म भएकोले रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
अटोभिलेज निर्माण तथा व्यवस्थापन समितिले हरेक विपद्का समयमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गरिरहेको वडा अध्यक्ष ढकालले बताउनुभयो । रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।
प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार