
सल्यान, १५ पुस । सल्यान जिल्ला छत्रेश्वरि गाउपालिका वडा नं ५ लेखपोखरा मा रहेको लेखपोखरा साना किसान कृषि सहकारि संस्था लि.को ८ औँ वार्षिक साधारणसभा आज आईतवार सम्पन्न भएको छ ।
लेखपोखरा साना किसान कृषि सहकारिकि उपाध्यक्ष सीता वलि सभा अध्यक्ष रहनुभएको सभामा प्रमुख अतिथि छत्रेश्वरि गाउपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी ले मैनबत्ति बालेर र व्यानर पढेर साधारणसभा उद्घाटन भएको थियो ।
छत्रेश्वरि गाउँपालिका उपाध्यक्ष बुद्धा केसि ,साना किसान कृषि सहकारि संस्था लि. कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्य ,छत्रेश्वरि गाउँपालिका वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर पहाडी,छत्रेश्वरि गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत विशिष्ट अतिथि तथा दमाचौर साना किसान सहकारि दमाचौर संस्थाका प्रबन्ध मिलन वलि,लंकेनि साना किसान कृषि सहकारी संस्था झिम्पेका प्रबन्धक भुपेन्द्र राज खड्का,हिमाल यात्रि लगायतका अतिथि रहेको साधारणसभा मा स्वागत मन्तव्य सहायक प्रबन्धक पार्वती केसिले राख्नुभएको थियोे ।
२०८० पुस १२ सम्म ६९ वटा समूह भित्र ५१५ घरपरिवार लाई आबद्ध गराई २ करोड २२ लाख ७१ हजार ३ सय रुपैया लगानि गरेको यश संस्थाले १ करोड ११ लाख ६१ हजार २ सय रुपैया मात्र निक्षेप संकलन गरेको छ ।
शेयर पुजिँ २७ लाख ६२ हजार ३०० रुपैयाँ ,जगेडा कोष ७ लाख ५६ हजार २०० रुपैया र खुद मुनाफा ४ लाख ५६ हजार रुपैया को वार्षिक प्रतिवेदन विवरण संस्थाकि उपाध्यक्ष लिला वलि प्रस्तुत गर्नुभएको थियो ।
कालिका प्रा.वि. लेखपोखराका प्र.अ. बालाराम वलि ले आम कृषकको जब सम्म उत्थान हुदैन तब सम्म समृद्ध नेपाल बन्नै नसक्ने बताउनुभएको छ ।
लेखपोखरा साना किसानका सल्लाहकार संयोजक गोविन्द केसिले संस्थाको वार्षिक प्रतिवेदनमाथि शेयर सदस्यले बिशेश ख्याल गर्नुपर्ने बताउनुभएको छ ।
छत्रेश्वरि गाउँपालिका उपाध्यक्ष बुद्धा कुमारि केसिले सबैभन्दा पहिले आफुले लिएको ऋणको उचित सदुपयोग गरि कृषकहरु उद्यमशील बन्नुपर्ने कुरामा पछाडि हट्न नहुने कुरामा जोड दिनुभयो ।
छत्रेश्वरि गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले “म बनाउछु छत्रेश्वरि“ भन्ने मुल नारालाई सहयोग गर्ने मुल सहयोगि भनेकै किसान भएकोले किसानलाई कसैले पनि दुख दिन नहुने तथा किसानलाई अघि बढाउन सहकारिले अहम् भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
साना किसान कृषि सहकारी संस्था कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्यले सहकारि भनेको सबैको साझा हो ,सबैले हातेमालो गरेमा सहकार्य हुन्छ तब मात्रै सहकारी चल्छ भन्ने कुरा बताउनुभयो भने छत्रेश्वरि गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रेम पहाडि, ५ नं. वडाका वडा अध्यक्ष फौद बहादुर बस्नेत लगायतका व्यक्तिहरूले विभिन्न विषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो, संस्थाले विभिन्न किसिमका बचतमा धेरै बचत गर्ने शेयर सदस्य तथा बचतकर्ताहरुलाई पुरस्कार पनि वितरण भएको भने साधारणसभा संस्थाकै प्रबन्धक धन बहादुर परियारले संचालन गर्नुभएको थियो ।