२०८१ असोज ४ गते शुक्रवार

बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारले १० लाख पाउने

काठमाडौँ, १४ पुस । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निणर्य गरेको आज गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो । उहाँले मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निणर्य गरेको बताउनुभयो ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले यस्तो सिफारिस गरेको थियो ।

त्यसको औपचारिक निणर्य मन्त्रिपरिषद्को औपचारिक बैठक बसेर गरिएको हो । शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् ।

यसैबीच सरकारले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत गरेको छ ।

कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले ईपीएस शाखाका ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ ।

यस्तै बालकुमारीमा प्रहरीको कमाण्डमा खटिएका डीएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गरिएको छ । बैठकले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत निलम्बन गरेको छ ।

बैठकमा त्यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिएको छ । भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृह मन्त्रालयमा पठाउने अनौपचारिक निणर्य गरेको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस