२०८१ बैशाख ११ गते मङ्गलवार

तुलसीपुरमा आफ्नै घरकाे दुई तला माथिबाट खस्दा एक जनाकाे मृत्यु


दाङ, १३ पुस ।  तुलसीपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर-५ शारदा टोलका ३५ बर्षीय टंकबहादुर वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

हिजो बिहीबार बेलुका ८ बजेतिर घरको छतबाट खसेका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

तुलसीपुरमा सामान्य उपचारपछि वलीलाई थप उपचारको कोहलपुर मेडिकल कलेजमा लैजादै गर्दा बाटोमो मृत्यु भएको मल्लले जानकारी दिनुभयो । 

वलीको बाटोमै मृत्यु भएपछि फर्काएर पुनः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

अस्पतालमा आज बिहान २ बजे पुर्‍याउँदा चिकित्सकले वलीलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले मानसिक रोगी वलीले आफ्नै घरको २ तला माथि छतबाट हाम फालेको हुन सक्ने आशंका गरेको छ ।

मानसिक रोगी वलीलाई घर परिवारले सम्बन्धित अस्पताल पुर्‍याएर औषधी उपचार गर्नुको सट्टा धामी झाँर्की कहाँ लगेर झारफुक मात्रै गराउँदै आएको कुरा अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

मृतक वलीको शव पोष्टमार्टम पश्चात् उहाँको श्रीमती पुतली वलीले बुझेको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस