२०८१ माघ ६ गते आइतवार

दाङमा गुणस्तरीय कालोपत्रे सडक ४५ किलोमिटर

दाङ, १३ पुस । दाङमा सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् ४५ किलोमिटर सडक गुणस्तरीय कालोपत्रे गरेको छ । करिब ५ वर्षको अवधिमा घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा गरेर ४५ किलोमिटर सडक कालोपत्रे भएको हो । जसमा करिब ५७ किलोमिटर फुटपाथ र ५७ दशमलव १२ किलोमिटर नाला निर्माण भएको छ ।

आयोजना सुरु भएदेखि हालसम्म ठुला प्रोजेक्टमार्फत् करिब ४५ किलोमिटर सडक निर्माण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिनुभयो । यसका लागि एक अर्ब ६३ करोड ६ लाख ३६ हजार ६ सय ३२ रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । जिल्लामा आयोजना २०७५ भदौबाट सुरु भएको हो ।

आयोजनाले सडक कालोपत्रेसँंगै फुटपाथसहित नाला निर्माण गरेको हो । ठुला आयोजना ३ वटा प्याकेजबाट ३७.१२ किलोमिटर कालोपत्रे गरिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख चौधरीले जानकारी बताउनुभयो । जसमा फुटपाथ र नाला समेत रहेको छ । यसरी निर्माण गरिएको सडक सामान्य कालोपत्रेभन्दा गुणस्तरीय कालोपत्रे रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस