२०८० फाल्गुन १५ गते मङ्गलवार

मोटरसाइकल चलाइरहेका बेला अचानक प्रेसर बढेपछि दुर्घटनामा परी मृत्यु

दाङ, ९ पुस । दाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-११ कटाँहाका ६० वर्षीय गणेश बस्नेतको आइतबार बेलुका भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर नवचन्द्र मल्लका अनुसार भारतबाट शव ल्याएर पोष्टमर्टमका लागि सोमबार बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तुलसीपुर बजारदेखि कटाँहास्थित गाउँजाने क्रममा पुस २ गते दिउँसो पौने २ बजेतिर आफैले चलाएको रा ५ प २९५६ मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । ।

तुलसीपुर-कटाहा सडकखण्ड अन्तर्गत तुलसीपुर – १० गौरीगाउँको मोडमा दुर्घटनामा परेका बस्नेतको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

बस्नेतलाई अकास्मात् प्रेसर बढेर स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँले चलाएको मोटरसाइकल दुर्घटना भएको इन्स्पेक्टर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस