२०८० फाल्गुन २१ गते सोमवार

समलिंगि विहे गरेका दाङकी मनिला र कैलालीका प्रकाशले गरे विवाह दर्ता


दाङ, ९ पुस । समलिंगि बिहे गरेका दाङकी मनिला न्यौपाने र कैलालीका प्रकाश चौधरीको बिहेले कानुनी मान्यता पाएको छ । हिन्दु परम्पराअनुसार चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् ।

उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् । शुक्रबार कैलारी गाउँपालिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो । गत १२ असारमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलोपटक विवाह दर्ता गराएका हुन् ।

यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो । निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले दिएको जानकारी अनुसार कैलाली जिल्लामा पनि तेस्रो लिंगी विवाह दर्ता भएको छ । समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस