२०८० फाल्गुन २१ गते सोमवार

 तुलसीपुर कारागारमा फलफूल वितरण

दाङ, ८ पुस । कारागार कार्यालय तुलसीपुरमा फलफूल वितरण गरिएको छ । पिडित सेवा संघ दाङका संयोजक टोप बहादुर महताराको परिवारले आज आईतबार कारागार कार्यालय तुलसीपुरमा रहेका महिला बन्दी गृहमा ११ हजार बढी रकमको फलफूल वितरण गरेको हो ।

महतराको परिवारले क्रिसमसको अवसर पारेर महिला बन्दीगृहमा विभिन्न मुद्धामा कैद भुक्तान गरीरहेका ५ सय ८० जनालाई फलफूल वितरण गरेको छ । महतराका अनुसार ११ हजार २ सय रुपैंया बराबरबको फलफूल वितरण गरिएको हो ।

पिडित सेवा संघ दाङका संयोजक महताराले विभिन्न कारणले कैदि जिवन बिताइरहेका महिला तथा बालबालिकालाई विगतदेखी नै सहयोग गदै आउनुभएको छ ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस