२०८१ फाल्गुन १ गते बिहिवार

सगरमाथा स्कुलमा नाटकबाट लागुऔषध दुर्व्यसनबारे सचेत

दाङ, ६ पुस । दाङको तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिस बोर्डिङग स्कुलका विद्यार्थीहरुले लागु औषध दुव्र्यशनी विरुद्धको नाटक प्रस्तुत गरेका छन् । 

आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका विद्यार्थिहरुले लागु औषध दुव्र्यशनि विरुद्ध नाटक प्रदर्शन गरेका हुन् । समाजमा लागु औषध दुव्र्यशनले विद्यार्थीहरुमा परेकोे प्रभाव र न्यूनिकरणका बारेमा नाटक प्रस्तुत गरेको विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगैयाले जानकारी दिनुभयो । 

कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका हुन् । विद्यायलयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा नाटक प्रशिक्षक अनिता थापाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष यमकान्त खरेललको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि थापाले नाटक मार्फत समाजमा हुने गरेका घटनाहरु उजागर गर्न सकिने बताउनुभयो । उहाँले किताबमा पढेको भन्दा नाटक मार्फत प्रस्तुत गर्दा विद्यार्थीहरुलाई बुझ्न सहज हुने बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुको चौतर्फि विकास गर्नको लागि विद्यालयले नाटक कक्षा, सांगितीक कक्षा लगाएतका विभिन्न कक्षाहरु सञ्चालन गर्ने बताउनुभयो । 

लोक गित प्रतिस्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले गितसंगितको महत्वका बारेमा जानकारी गराउनु भएको हो । उहाँले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनको लागि यस्ता खालका कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । 

विद्यालयका स्कुल कोर्डिनेटर तिकल डाँगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको हो 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस