
दाङ, ६ पुस ।
तुलसीपुरमा शनिवार (भोली) विद्युत सेवा बन्द हुने भएको छ ।
तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसीपुर-७ रानीघाट क्षेत्रको मानपुर-बिजौरी फिडरमा विद्युतको पोल मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरिने वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।
शनिवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ । मानपुर- बिजौरी फिडर अन्तर्गत मानपुर, बिजौरी, कुटिचौर, हेमन्तपुर, खाद्रे लगाएतका क्षेत्रहरुमा विद्युत अबरोध हुने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार