२०८१ असार ९ गते आइतवार

यातायातका सवारी साधन बन्द गर्ने मृतक युवकका आफन्त पक्राउ (तस्बिरहरु)

दाङ, १ पुस । टिप्पर ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आज बिहानैदेखि घोराही-तुलसीपुर सडक अवरुद्ध पारेका छन् । बन्दका कारण सवारीसाधन चलेका छैनन् । आफन्तले घोराहीको तुलसीपुर चोकमा टायर बालेर न्याय पाउनुपर्ने माग राखेका छन् ।

प्रहरीले आइतबार बिहान यातायातका सवारी साधन बन्द गर्न केहिलाई पक्राउ गरेको छ ।

तस्बिर : कुलदिप न्यौपाने

सवारी साधन बन्द गर्न खोज्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।

शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा मृत्यु भएका दुई मामा-भान्जाका आफन्तले उचित क्षतिपुर्तिको ब्यवस्था नभएसम्म शब अस्पतालबाट नउठाउने चेतावनी दिएका छन् ।

तस्बिर : कुलदिप न्यौपाने

बिरोध स्वरुप आज दाङ बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताउनुभयो ।

मृतकका परिवारका लागि उचित क्षतीपुर्तीको ब्यवस्था नभएसम्म आन्दोलनका कार्यक्रमको घोषणा गरिएको संयोजक पोख्रेलले बताउनुभयो ।

तस्बिर : कुलदिप न्यौपाने

दुर्घटनामा मोटरसाइकलमा सवार प्युठानको झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो ।

तस्बिर : कुलदिप न्यौपाने

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मृतकको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस