२०८२ बैशाख ६ गते शनिवार

अप्टीमिष्ट क्लब अस्वारा माविका विद्यार्थीसंग

तुलसीपुर, २९ मंसिर । अप्टीमिष्ट क्लब अफ दाङले बालबालिकालाई मनोपरामर्श गरेको छ । क्लबले शुक्रबार अस्वारा माध्यमिक विद्यालयका बालबालिकालाई मनोपरामर्श गरेको हो । कार्यक्रममा सहभागीले बालबालिकालाई असल र नैतिकवान बनाउन र उनीहरुको शैक्षिक उपलब्धि हासिलका लागि मनोपरामर्शको आवश्यकता रहेको बताएका छन् ।

क्लब दाङका अध्यक्ष डिआर भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष धर्मराज वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष वलीले भोलिको सुन्दर भविष्यका लागि आजका बालबालिकालाई नैतिकवान बनाउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई किताबी ज्ञानसंगै मनोपरामर्श पनि आवश्यक रहेको बताउनुभयो । उहाँले मनोसामाजिक अवस्था बुझेर सिकाउन सके सिकाईमा उपलब्धि हुने बताउनुभयो ।

यसैगरी अस्वारा माविका प्रधानाध्यापक हिरालाल न्यौपानेले बालबालिकाको उज्वल भविष्य निर्माणका लागि अप्टीमिष्ट क्लब अफ दाङले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । उहाँले सहभागी बालबालिकालाई सुन्दर भविष्य निर्माण गर्न असल र नैतिकवान बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष डिआर भण्डारीले बालबालिकालाई मनोपरामर्श गर्नुभएको हो । विद्यालयका शिक्षक स्मृती योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रभात कुमार धितालले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस