
घोराही, २७ मंसिर ।
दाङको घोराही उपमहानगरपालिकाले सडक मिचेर बनाएका संचरना हटाउने काम तिब्र पारेको छ । बुधबार (आज) बिहानमात्रै घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सडक मिचेर बनाईएका दुईवटा टहरा हटाईएको छ ।
उपमहानगरपालिकाको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलको नेतृत्वमा गएको नगर प्रहरी, जिल्ला प्रहरी र कर्मचारीहरुको टोलीले बुधबार बिहान ति टहराहरु हटाएको हो ।
यसअघि न्यायीक समिति र उच्च अदालतले ति संरचनाहरु सडक मिचेर बनाईएकाले हटाउन आदेश दिएको थियो । उपमहानगरपालिकाले सोही आदेशलाई कार्यान्वयन गर्न डोजर लगाएर हटाएको हो ।
पटक पटक सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गरे पछि उपमहानगरले डोजर लगाएर फैसला कार्यान्वयन गर्नु परेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । यस अघि सोमबार त्यस्ता ७ वटा घर टहरा हटाएको थियो ॥
प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार