२०८१ चैत्र ७ गते बिहिवार

कुकुरको टोकाईबाट दुई बालबालिकाको मृत्यु

दाङ, २५ मंसिर । दाङमा कुकुरको टोकाईबाट घाइते भएका दुई जना बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० को सिस्वानी अम्राइका दुई बा(लबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गत मंसिर २२ गते घोराही उपमहानगरपालिका – १० अमराई निवासी, नरेश चौधरी र अनिता चौधरीको ५ वर्षकी छोरी निलम चौधरी र गत मंसिर २४ गते घोराही उपमहानगरपालिका – १० अम्राइ सिस्वानीकै, गिता ओली र गिरिराज ओलीको ६ वर्षका छोरा गम्बिर ओली रहेका छन् ।

घाइते ओलीको भारतको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । एकै गाउँका दुई जना बालकको मृत्यु भएसंगै गाउँमा डर त्रासको वातावरण सिर्जना भएको स्थानीय कृष्ण रावतले बताउनुभयो ।

कुकुरले टोकेको दुई दिनपछि निलमको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने ओलीको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको उहाँले बताउनुभयो । तर प्रहरीले यसबारेमा केहि जानकारी नआएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस