२०८१ असार ३० गते आइतवार

लागुऔषध कारोबारमा संलग्न दाङ र प्युठानका चार जना पक्राउ

दाङ, २४ मंसिर । दाङमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् ।

पक्राउ पर्नेमा बंगलाचुली गाँउपालिका-५ घर भई घोराही -१५ आदर्श टोलमा कोठा भाडामा बस्ने २० वर्षीया बिमला परियार, प्युठानको माण्डबी गाँउपालिका २ घर भई घोराही-१५ मा कोठा भाडामा बस्ने १८ वर्षीय प्रेमा परियार, घोराही-१० की १८ वर्षीया सुनिता गिरी र घोराही १५ पर्वत टोल बस्ने १८ वर्षका सुशान्त खनाल रहेको प्रहरीले जनाएको छ ।

घोराही १५ आदर्श टोल स्थित रहेको कमल भट्टराईको घरमा कोठा भाडामा बस्ने व्यक्तिहरुले लागुऔषध ( ब्राउन सुगर ) को कारोबार गरीरहेको छन् भन्ने सुचनाको आधारमा शनिबार राति साढे ९ बजेतिर पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
उनीहरु बसिरहेको कोठाको खानतलासी गर्दा कोठाबाट सेतो र रातो प्लाष्टिकलाई कालो धागोले बाँधी बनाईएका साना १९ वटा र ठुला २ वटा गरी जम्मा २१ वटा पुडिया ( तौल गर्दा २ ग्राम २४० मिलिग्राम ) लागु औषध ( ब्राउन सुगर ) जस्तो देखीने खैरो रंगको धुलो पदार्थ बरामत गरेको डिएसपी मल्लले बताउनुभयो ।

प्रहरीले उनिहरुको साथबाट नगद ९९ हजार ७५ रुपंैया पनि बरामद गरहेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस