रोल्पा, १६ मङसिर । स्वर्गीय बुवा आमाको स्मृतीमा रोल्पामा एक जनाले विद्यालय स्तरीय प्रतियोगीता आयोजना गरेका छन । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न २ मा बस्ने भुप प्रसाद डागीले आफ्नो स्वर्गीय बुवा आमाको स्मृतीमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रम आयोजना गर्नु भएको हो ।
स्वर्गीय बुवा रामसिङ डागी र आमा सन्तोषी डागीको स्मृतिको अवसरमा वडा २ का सम्पूणर् विद्यालयलाई समाबेश गराएर प्रतियोगता गराउनु भएको हो । उमेर ढल्कीदै गर्दा शिक्षा क्षेत्रको बिकास र हौसलाको निमित सामाजिक सेवा गर्ने हेतुले आमा बुवाको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
साढे २३ वर्ष सरकारी जागिर गरेर अवकास पाएका डाँगी रोल्पाको सुनिल स्मृति गाउँपालिका साबिक घोडागाउँ गाबिसमा जन्मीनु भएको हा । उहाँको जन्म घोडागाउँमा भए पनि रुन्टीगढी गाउँपालिकाको साबिक जैलिपोखरी गाबिसमा बल्यकाल बितेको थियो ।
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता तथा निवर्तमान वडा नम्बर २ का अध्यक्ष पुनाराम पुनको बिशिष्ट आतिथ्यता कार्यक्रम भएको हो । जनज्योति आधारभुत रुन्टीगढी गाउँपालिका वडा नम्बर २ लामिडाडाका शिक्षक मन बहादुर बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिल्केपोखरी सामुदायीक विद्यालयका शिक्षक पदम बहादुर डागीले गर्नु भएको हो ।
कार्यक्रम शिल्केपोखरी सामुदायीक विद्यालय रुन्टीगढी गाउँपालिका वडा नम्बर २ रोल्पाको प्राङगनमा भएको हो ।