२०८१ माघ ८ गते मङ्गलवार

‘टरिगाउँ विमानस्थल नबनाउनेलाई हामीले विकास प्रेमी नेता भन्नुपर्ने ?’

दाङ, १६ मंसिर । नेपाली कांग्रेसका नेता सुरेश हमालले दाङको टरिगाउँ विमानस्थल चुनावको समयमा मात्रै चर्चामा आउने गरेको बताउनुभएको छ । उहाँले निर्वाचनका समयमा सबै नेताको प्राथमिकतामा पर्ने विमानस्थलको निवार्चनपछि प्राथमिकतामा पर्न नसकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका सभापति समेत रहनुभएका नेता हमालले दाङबाट निर्वाचित नेताको प्राथमिकतामा टरिगाउँ एयरपोर्ट पर्न नसकेको बताउनुभएको हो ।

सभापति हमालले शनिबार बिहान सामाजिक संजालमा टरिगाउँ एयरपोर्टबारे धारणा सार्वजनिक गर्नुभएको छ । ‘दंगाली नेता तथा मन्त्री ज्यूले ७० वर्ष पुरानो टरिगाउँ एयरपोर्ट चुनावका बेलामा मात्र कुरा गर्नुहुन्छ, अरु बेला हराउनुहुन्छ ।’ उहाँले फेसबुकमा भन्नुभएको छ -‘सुर्खेतमा ८० सिटे जहाजले सेवा शुरु गर्दा दाङका नेता तथा मन्त्रीले हामीले विकास प्रेमी नेता भन्नुपर्ने ?’

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस