तुलसीपुर,१३ मंसिर । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वरिष्ठ सइले इश्वरी देवकोटाले ठुलो आवाजमा मोटरसाइकल चलाउनेलाई कार्बाही गर्ने बताउनुभएको छ ।
बुधबार पत्रकारसंगको भेटघाट कार्यक्रममा वरिष्ठ सइ देवकोटाले पछिल्लो समय ठुलो आवाजमा मोटसाइकल चलाउने बढ्दै गएकोले न्यूनिकरणका लागि कार्बाही गरिने बताउनुभयो ।
उहाँले सवारी दुर्घटना न्युनिकरणका लागि , सिट क्षमता भन्दा बढी यात्रु राख्ने, विद्यार्थी राख्ने बसका चालकलाई पनि कार्बाही गरिने बताउनुभयो ।
उहाँले बजारक्षेत्रमा सवारी पार्किङ,अटो व्यवस्थापन र सवारी साधनको गति कम गर्न भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केही दिन पहिले मात्र बाँकेको नेपालगञ्जबाट सरुवा भएर ट्राफिक प्रहरी कार्यालय तुलसीपुर आएका देवकोटाले पतुलसीपुरलाई हर्न निषेध क्षेत्र बनाउन स्थानीय सरकारसगं समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो ।