२०८० फाल्गुन २२ गते मङ्गलवार

रामघाट मेलाबाट घर पर्किने क्रममा कुलोमा खसेर एक पुरूषको मृत्यु

दाङ, ११ मंसिर । दाङमा कुलोमा खसेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका -७ अर्नहनपुरस्थित जोकही कुलोमा खसेर छोट्की सिसहनियाँ निवासी ४१ बर्षीय पृथ्वी चौधरीको मृत्यु भएको हो ।

रामघाट मेला हेरेर घर फर्किनेक्रममा राति कुलोमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमवार बिहान साढे ६ बजेतिर स्थानीयले पुरुषको शव कुलोमा देखेर प्रहरीलाई खवर गरेका थिए । उहाँका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस