२०८१ असार ३० गते आइतवार

बर्दियाको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

बर्दिया, ९ मंसिर । बर्दियाको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया-४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको हो । राती करिब १० बजेतिर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस