२०८१ मङ्सिर २३ गते आइतवार

जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल भत्ता लिएपछि…

दाङ, ८ मंसिर । जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताउनुभयो ।

उहाँका अनुसार रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर भएको हो ।

खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै दर्ता गरी एकल महिला भत्ता लिएको आरोप छ ।

वडा सचिवले उक्त भत्ता लिनको लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए । मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइदिएको आरोप उनीमाथि छ ।

यसरी भत्ता लिइरहेको भन्ने सूचना पाएपछि अख्तियारले अनुसन्धान गरी दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो । एकल महिला भत्ताबाट खत्रीले ४५ हजार दुई २० रुपैयाँ लिएको पाइएको छ । अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस