२०८२ बैशाख १७ गते बुधवार

तुलसीपुरको एक घरमा आगलागी

तुलसीपुर ८ मंसिर । तुलसीपुरको एक घरमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी ३५ वर्षीय बिनय गुप्ताको तीन तले घरको दोस्रो तलाको पुजा कोठामा आगो लागेको हो ।

बिहीबार बेलुका करिब सवा ७ बजेतिर आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले बताउनुभयो । आगलागी भएको थाहा भए लगतै खटिएको २० जनाको प्रहरी टोली र स्थानीयको सहयोगमो नियन्त्रणमा लिएको हो ।

घर मालिक विहीबार मात्रै भारत गएको अबस्थामा आगलागी भएको हो । अगलागीको कारण खुल्न सकेको छैन । घरमा कोही नभएकाले मानबिय क्षति नभए पनि २ थान प्लाष्टिकको कुर्सी, १ थान सिरक डसना जलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस