कमिरेचौर, ७ मंसिर । दाङको बंगलाचुली गाउँपालिकाले आयोजनामा आज भैलो महोत्सव हुने भएको छ । गाउँपालिकाले मौलिक, लोक कला संस्कृति एवं परम्पराहरुको संरक्षणको लागि गाउँपालिकाको पर्यटकिय स्थल बंगलाचुली लेकमा भैलो महोत्सव गर्न लागेको हो ।
महोत्सवमा नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा,लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल आउने आउनु हुने भएको छ ।
महोत्सवमा गाउँपालिका ८ वटै वडाहरु भैलो समूहहरु सहभागि हुने बंगलाचुली गाउँपालिका अध्यष तुलसीराम पुनले जानकारी दिनुभयो ।
भैलो मुल्याङ्कनका लागि लोकसंस्कृत विद् डाक्टर गोविन्द आचार्य, वरिष्ठ कलाकारहरु चन्द्र शर्मा, दुर्गा रायमाझी आउने आयोजकले जनाएको छ ।
भैलो महोत्सवमा स्थानीय चर्चित हाँस्य कलाकार कमल गाउँले लगाएतका कलाकारहरु समेतको प्रस्तुती रहने छ । आज हरिबोधिनी एकादशीको दिन भैलो महोत्सवको आयोजना गरिएको हो । भैलो कार्यक्रममा सहभागी सबै भैलोलाई प्रोत्साहान रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने अध्यक्ष पुनमगरले बताउनुभयो ।
यसैबिच गाउँपालिकाले आज बिहिवार स्थानीय सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले बुधबार एक विज्ञप्ती जारी गरी आज विदा दिएको जानकारी दिएको हो ।
बंगलाचुली गाउँ कार्यपालिकाको कार्यालय र अन्तरगतका सबै सरकारी कार्यालयहरु एवं सामुदायिक र संस्थागत विद्यालयहरुमा समेत १ दिन स्थानीय सार्वजनिक विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपाल केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बंगलाचुली गाउँपालिकाको स्थानीय कला संस्कृति संरक्षणका लागि बंगलाचुलीको पर्यटकीय स्थल बंगलाचुलीमा बृहत भैलो महोत्सव आयोजना गरीने तथा हरिवोधनी एकादशी समेत भएकाले बहिवारका दिन विदा दिने निणर्य गरिएको हो ।