२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा विकास बजेट १३ प्रतिशत भन्दा कम खर्च

दाङ, ७ मंसिर । दाङमा विकास बजेट १३ प्रतिशत भन्दा कम खर्च भएको छ । आर्थिक वर्षको एकतिहाइ समय घर्किसक्दा जिल्लामा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ ।

कार्तिकसम्म पहिलो चौमासिकमा संघतर्फका कार्यालयले छुट्याएको पूँजीगत बजेटको १२.४२ प्रतिशत मात्रै खर्च भएको छ ।

प्रदेश अन्तर्गतका कार्यालयले सघको भन्दा आधा कम पनि पूँजीगत बजेट खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङको तथ्यांक छ ।

चालु आर्थिक वर्षमा विकास निर्माणका काममा संघीय कार्यालयहरूले तीन अर्ब ३७ करोड ६६ लाख २८ हजार बजेट छुट् याएकोमा पहिलो चौमासिकसम्म ४१ करोड ९२ लाख ७५ हजार छ सय ११ रुपैयाँ ७० पैसा मात्रै खर्च भएको छ ।

विकास निर्माणका काममा प्रदेश अन्तर्गतका कार्यालयहरूको खर्च झन सुस्त देखिएको छ । प्रदेशतर्फका कार्यालयहरूले पूँजीगततर्फको बजेटमा पहिलो चौमासिकसम्म ५.८० प्रतिशत मात्रै खर्च गरेका छन् । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस