जुम्ला, ६ मंसिर । जुम्लामा खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ ।
जंगलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर बुधबार एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।
कालिकोटको तिलागुफा नगरपालिका-७ राचुल्ली घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका-१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीया कमला (विक) कामीको मृत्यु भएको सूचना अधिकारी चन्दले बताउनुभयो ।
प्रहरीका अनुसार जंगलको माथिबाट अचानक खसेको ढुंगा लागेर टाउकोमा चोट लागि गम्भीर घाइते भएकी कमलालाई थप उपचारका लागि कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार