२०८१ जेष्ठ ५ गते शनिवार

जीप दुर्घनामा परि गम्भीर घाइते भएका दुई जनाको मृत्यु

रुकुम पश्चिम, ४ मंसिर  । रुकुम पश्चिममा जीप दुर्घनामा परि गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृतयु हुनेमा चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का सात वर्षीय बालक प्रतिक बुढा रहेका छन् ।

बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानकोे नेटामा र ओलीको चौरजहरी अस्पतालमा मृत्यु भएको हो । 

चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । 

घाइते अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरी हेलिकप्टरमार्फत चौरजहारी अस्पतालबाट अन्यत्र लैजान लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस