२०८२ जेष्ठ ७ गते बुधवार

ईलामबाट शैक्षिक भ्रमण सकेर फर्कदै गरेको बस दुर्घटना


दाङ, ३ मंसिर । शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ ।

धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका- ३ कोल्बुङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको थियो ।

बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।

बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएको उहाँले बताउनुभयो । उनीहरुमध्ये केही सामान्य र केही गम्भीर घाइते छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस